जुवाको खालबाट पक्राउ परेका ९ जना अर्बपति २ लाख ८० हजार धरौटीमा छुटे
काठमाडौं । जेठ १९ गते कमलादीस्थित रिजेन्सी बुटिक होटलमा जुवा खेल्ने क्रममा पक्राउ परेका ९ जना अर्बपति व्यापारीहरु २ लाख ८० हजार धरौटिमा छुटेका छन् ।
उनीहरुले उक्त धरौटी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएका छन् । पक्राउ परेका ९ जनामध्ये अशोक अग्रवालले ४० हजार र बाँकी ८ जनाले ३० हजार रुपैयाँका दरले धरौटी बुझाएर रिहा भएका छन् ।
प्रहरीले काठमाडौं पानीपोखरी बस्ने ५९ वर्षीय पुरुषोत्तम अग्रवाल, पुतलीसडक बस्ने ६० वर्षीय रामचन्द्र सांघाई, बानेश्वर बस्ने ६५ वर्षीय सुरेश अग्रवाल, डिल्लीबजार बस्ने ६३ वर्षीय नन्द किशोर शर्मा, लाजिम्पाट बस्ने ५८ वर्षीय अशोक अग्रवाल, पुतलीसडक बस्ने ६१ वर्षीय गोबिन्द अग्रवाल, सामाखुशी बस्ने ३६ वर्षीय निकी जोगाई, ललितपुर सानेपा बस्ने ६० वर्षीय बिमल खेतान र भक्तपुरको मध्यपुर ठिमी बस्ने ५९ वर्षीय विमल अभुजा रहेका थिए ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ७७ हजार ७ यस ७ रुपैयाँ, क्वाइन १ सय ७९ वटा र ५ बुक ताससहित पक्राउ गरेको थियो ।