सेञ्चुरी कमर्सियल बैंकद्वारा कलाकर्मीलाई सहयोग



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कला तथा सङ्गित क्षेत्रमा आवद्व भएका विभिन्न व्यक्तिहरुलाई सहयोग गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस र सरकारले गरेको लकडाउनको कारण आर्थिक संकटमा रहेका नेपाल साङ्गीतिक संघ र शम्भूजीत संगीत घरको सहकार्यमा बैंकले खाद्यन्न उपलब्ध गराएको जनाएको छ ।

बैंकले यस विषम परिस्थितिमा मानविय सेवाका लागि तथा अन्य विभिन्न विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु