बैंकका कर्मचारी परिचयपत्रले हिड्न नपाउने, पास नै चाहिने



काठमाडौं । बैंकका कर्मचारीहरुले परिचयपत्र देखाएर हिड्न नपाउने भएका छन् । राष्ट्र बैंकको अनुरोधमा हिजोसम्म बैंकको परिचयपत्र देखाएर हिडिरहेका कर्मचारीहरुलाई आजबाट भने ट्राफिक प्रहरीले रोक्न थालेको छ ।

परिचयपत्र कै आधारमा कर्मचारीलाई लकडाउनमा हिड्न दिँदा कर्मचारीले त्यसको दुरुपयोग गर्दै अनावश्यक व्यक्तिहरु सडकमा जाम गर्न थालेपछि ट्राफिक प्रहरीले रोक्न थालेको जनाएको छ ।

लकडाउन लम्बिएसँगै बैंकमा ग्राहकहरुको भीड बढेपछि राष्ट्र बैंकले उपलब्ध गराएको पासले कर्मचारीलाई अपुग भएपछि राष्ट्र बैंकले महानगरीय ट्राफिक प्हरी महाशाखालाई अनुरोध गरेको थियो ।

हिजोसम्म बैंकको अनुरोधमा परिचयपत्रको आधारमा हिडिरहेका कर्मचारीलाई आजदेखि प्रहरीले बाटोमा नै रोकेको हो ।

महानगरीय ट्राफिक महाशाखा प्रमुख भीम ढकालले समेत क्लिकमाण्डूसँग अत्यावश्यक सेवा अन्तर्गतका कर्मचारीहरुलाई आवश्यक परेमा परिचयपत्र देखाएर छोडेको बताएका थिए ।

तर अब भने ट्राफिक प्रहरीले परिचयपत्रको आधारमा कर्मचारीलाई नछोड्ने राष्ट्रले जारी गरेको पास नै चाहिने जनाएको छ ।


क्लिकमान्डु