सौन्दर्यकला व्यवसायी संघद्वारा ब्यूटी पार्लर तथा सैलुन व्यवसाय संचालनमा सहयोग गर्न माग



काठमाडौं । सौन्दर्यकला व्यवसायी संले सैलुन तथा ब्यूटी पार्लर व्यवसाय संचालनमा सहयोग गरिदिन सरकारसँग माग गरेको छ । संघले विज्ञप्ती जारी गर्दै लकडाउन लागु भएको पनि दुई महिना भएको र व्यवसाय संचालन गर्न नसक्दा भाडा र कर्मचारीलाई तलब दिन नसक्ने स्थिती आएको जनाएको छ ।

लकडाउनबाट साना एवं मझौला व्यवसायी लगायत आम सर्वसाधारण नागरिकको जीवन निर्वाहसम्म असहज बन्दै गएको यथार्थतालाई मनन गरी उद्योग व्यवसाय संचालनमा सहजता ल्याउन र लकडाउन खुकुलो पारी व्यवसाय संचालन गर्ने वातावरण बनाईदिन सरकारसंग आग्रह गरेको छ ।

संले नेपाल सरकार, स्वास्थ्य मन्त्रालयबाट जारी भएका सबै गाईडलाईनहरू पालना गर्दै आफ्ना सबै सदस्य ब्यूटी पार्लर तथा सैलुन व्यवसायीहरू मार्फत पूर्ण सुरक्षित तवरले सैलुन र व्यूटी पार्लर व्यवसाय सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।


क्लिकमान्डु