काग्रेस नेता गगन थापाले भने : किताब मात्र पढेका अर्थमन्त्रीले व्यवसाय कसरी चल्छ भनेर बुझेनन्
काठमाडौं । अर्थमन्त्रीको निर्देशनमा लकडाउनको समयमा नै जेठ २५ भित्र कर तिर्न ताकेता गरेको नीतिको कांग्रेस नेता गगन थापाले विरोध गरेका छन् ।
सामाजिक संजाल मार्फत थापाले व्यवसाय कसरी चल्छ भनेर किताब मात्र पढेका अर्थमन्त्रीले लकडउनको बेला कर तिर्न हुकुम जारी गरेको भन्दै लकडाउनको बेला कर तिर्नको लागि लाग्ने लाइनले कोरोना संकम्रण नहुने होला भन्दै प्रश्न गरेका छन् ।
अर्थमन्त्रीज्युले व्यवसाय कसरी चल्छ भन्ने किताबमा मात्र पढ्नु भएको भएर नै होला,२ महिना लकडाउनमा राखेर, लकडाउनकै अवधिको ५ दिनको समय दिएर कर तिर्न हुकुम भएको !!
अनि कर तिर्ने कार्यालयमा लाममा बस्दा चाहिँ
कोरोना संक्रमणको डर नहुने रहेछ!!
विद्वान मन्त्रीले भने पछी पत्याउनै पर्यो!— Gagan Thapa (@thapagk) June 2, 2020
उनले विद्वान अर्थमन्त्रीले भनेपछि पत्याउन परेको भन्दै व्यङ्ग्य समेत गरेका छन् ।