कर बुझाउने समय नथपिनेः जेठ २५ सम्म सबै बक्यौता कर बुझाउनुपर्ने



काठमाडौं । सरकारले लकडाउनको सिमा बढाएपनि कर बुझाउने समयलाई भने नथप्ने भएको छ ।

पछिल्लो समय कर बुझाउने सिमा जेठ २५ सम्म थपिएको थियो । तर,जेठ २० बाट सकिने लकडाउनलाई जेठ ३२ सम्म पुर्याइएको छ ।

सरकारले कुनै निर्णय नगरेपछि आन्तरिक राजस्व विभागले जेठ २५ सम्म बुझाउनुपर्ने सम्पूर्ण कर बक्यौता बुझाउनुपर्ने जनाएको छ ।

सरकारले चैत ११ देखि लकडाउन घोषणा गरेको छ । चैत २५ मा बुझाउनुपर्ने करलाई बैशाख २५ मा पुर्याइएको थियो । त्यसपछि पुनः लकडाउन थपेपछि जेठ २५ सम्म पुर्याएको थियो ।

सरकारी कर्मचारीलाई नै तलब खुवाउन समस्या परेपछि सरकारले लकडाउनको बेलामा नै कर असुल गर्ने नीति लिएको हो । अर्थमन्त्री खतिवडाले भने लकडाउनको समयमा ६० अर्ब रुपैयाँको राहत प्याकेज ल्याएको घोषणा गरेका थिए ।


क्लिकमान्डु