लकडाउनको बेला अर्बपति व्यापारीहरु जुवाको खालबाट पक्राउ



काठमाडौं । अर्बपति व्यापारीहरु लकडाउनको बेला काठमाडौंको होटलमा जुवा खेलिरहेको बेला पक्राउ गरेका छन् ।

व्यापारीहरु रामचन्द्र सांघाइ,अशोक अग्रवाल,सुरेश अग्रवाल,नन्द शर्मा,विमल खेतान,बिमल अबुजा र निक्की जोगाईलाई प्रहरीले सोमबार राती कमलादीको गगौंर बुटिक होटलबाट जुवा खेलिरहेको बेला पक्राउ गरेका छन् ।

पक्राउ गरेका रामचन्द्र सांघाइ व्यापारिक घराना त्रिवेणी गुप्रका हुन् भने अशोक अग्रवाल विशाल ग्रुुपका हुन् । पक्राउ परेका सबै अर्बपति व्यापारी हुन् ।

उनीहरुको साथबाट २ लाख ७७ हजार नगद र केही क्वाइनहरु बरामद भएको छ । क्यासिनो शैलीमा उनीहरु जुवा खेलेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु