सोमबार फेरि १३ जना नयाँ संक्रमित भेटिए, कुल संख्या १८११ पुग्यो



काठमाडौं । सोमबार थप १३ जना नयाँ संक्रमित भेटिएका छन् । यसअघि सोमबारनै २२६ जना नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । यसरी कुल कोरोना संक्रमितको संख्या १८११ पुगेको छ ।

नयाँ संक्रमित हुनेमा पाल्पाका २ जना पुरुष, नवलपरासीका ६ वर्षे एक जना बालक, गुल्मीका एक जना पुरुष, कपिलवस्तुका ७ जना पुरुष र रुपन्देहीका २ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हालसम्म २२० जना उपचारपछि निको भएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ ।


क्लिकमान्डु