सांसद खगराज अधिकारीको प्रश्न- बजेटमा मादी-करिडोर सडक आयोजना खोई ?



काठमाडौं । सांसद खगराज अधिकारीले कास्की जिल्लाको मादी–करिडोर सडक आयोजना हराएको भन्दै संसदमा गुनासो गरेका छन् ।

प्रतिनिधिसभाको बैठमा सांसद अधिकारीले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेटबाट हराएको गुनासो गरे ।

उनले राखि मुदी र सौर्य मुदी सडक आयोजना, पोखरा सितलेस आयोजना र सात तालको लिंक रोड आयोजना कता गए ? भन्दै प्रश्न गरेका छन् ।

सरकारले पोखराको बेगनास, रुपाकोट, न्यूनिरी, खास्टे, मैदी कपलपोखरी, किपुचेलगायतका तालहरुको योजना किन परेन ? पोखरा–सितलेश–मनाङ सुरुङ मार्गबारे सरकारको दृष्टि किन नपरेको हो भन्दै प्रश्न गरेका छन् । उनले यस्ता विषयमा सरकारले तत्काल जवाफ दिनुपर्ने बताएका छन् ।


क्लिकमान्डु