स्थानीय तहलाई पैसा दिनुपर्ने बेलामा सरकारले ध्यान दिएनः मिनेन्द्र रिजाल



काठमाडौं । सांसद डा. मिनेन्द्र रिजालले सरकारले पुँजीगत खर्चको लागि स्रोत साधन नै नपुग्ने गरी बजेट ल्याएको दाबी गरेका छन् । सरकारले बजेटमा आन्तरिक ऋणमा जोड दिएको र त्यसको असर निजी क्षेत्रमा जाने कर्जामा पर्ने र त्यस्तो प्रतिस्पर्धा हुने उनले दाबी गरे । जसले गर्दा कोरोनाले थलिएको निजी क्षेत्र माथि उठ्न नसक्ने उनको दाबी छ ।

‘केही ठाँउमा निजी क्षेत्र ऋणका लागि जान खोजे जस्तो देखिए पनि अर्थमन्त्री पहिले नै गएर ऋण लिनुहुन्छ,’ उनले भने ।

प्रतिनिधिसभाको बैठकमा सांसद रिजालले नेपालमा कोरोना शुरु हुनुभन्दा पहिलेदेखि नै अर्थतन्त्र शिथिल भएको बताएका छन् । र, त्यो ८ महिनापछिको आर्थिक सर्वेक्षणले प्रमाणित गरेको उनको दाबी छ ।

यस्तो संकटको अघिमा आएको बजेटले ७ प्रतिशतको आर्थिक वृद्धि हुने स्वीकार गरेको समयमा २२ प्रतिशत राजस्व संकलनको लक्ष्य पूरा नहुने दाबी गरे ।

‘यसको कुनै पनि आधार छैन अर्थमन्त्रीज्यू, गत वर्ष २९ प्रतिशत हुन्छ भन्नुभएको थियो । हामीले १२, १३ प्रतिशत मात्रै हुन्छ भनेका थियौ । अहिले त्यो पनि असम्भव जस्तै देखियो,’ उनले भने ।

तीन तहको निर्वाचन गरेको तत्कालिन सरकारले २ खर्ब ७१ अर्ब बजेट खर्च गरेको भए पनि अहिले त्यसको नजिक पनि जान नसकेको उनको तर्क छ । यो सरकारले लाज जोगाउने काम मात्रै गरेको उनको दाबी छ ।

३ खर्ब बढी वैदेशिक ऋण ल्याउँछु भनेपनि यो वर्ष १ खर्ब २१ अर्ब रुपैयाँ मात्रै ऋण आएको बताए । वैदेशिक अनुसार ३१ अर्बबाट ६० अर्ब पुग्छ भनेको स्मरण गर्दै त्यो पनि पुरा नहुने तर्क गरे । कुनै पनि देशले यत्तिकै ऋण तथा अनुदान दिन नसक्ने भन्दै त्यसको असर पुजिँगत खर्चमा पर्ने बताए ।

सरकारले ८३ पेज संसदमा प्रस्तुत गरेको र त्यसको लागि स्रोत कहाँबाट ल्याउने भन्दै प्रश्न गरेका छन् ।

यो बेला स्थानीय तहलाई पैसा बढाउनु पर्नेमा सरकारको ध्यान जान नसकेको दाबी गरे । स्थानीय तहलाई शसर्त अनुदान बाहेक सबैमा घटेको दाबी गरे । अहिले स्थानीय तहबाट नै राहत दिने लगायतका काम गर्न सक्ने र संघीयतालाई बलियो बनाउने आधार भएपनि त्यसतर्फ सरकारको ध्यान नगएको तर्क गरे ।

यो अर्ब ३ खर्ब १५ अर्ब अर्को वर्ष ५ खर्ब २४ अर्ब थप्ने भनिएको छ । अझै २ वर्षको थपिँदा १६ खर्बभन्दा बढीको ऋण नै हुने उल्लेख गरे । हरेक वर्ष १ खर्ब ऋणको किस्ता तिरेर अर्थतन्त्र तङग्रिन नसक्ने दाबी गरे ।


क्लिकमान्डु