कोरोनाका कारण एक बालिकासँगै २ जनाको मृत्यु पुष्टि, ३ जनाको पुष्टि हुन बाँकी



काठमाडौं । कोरोनाका कारण थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २ जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मृत्यु हुनेमा बाजुराकी २ वर्षे बालिकाको गए राति २ः३० बजेतिर मृत्यु भएको हो । उनको ८ दिनअघि नेपाल आएको र ज्वरो श्वासप्रवासनमा समस्या देखिएपछि गत जेठ १५ गते अस्पतालमा भर्ना भएकी थिइन ।

त्यसैगरी दैलेख दुल्लु नगरपकालिका ११ का ३५ वर्षे पुरुषको मृत्यु भएको छ । उनी त्यहाास्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टिनमा थिए ।

उनका अनुसार मृत्यु भएका थप ३ जनामा कोरोना भए नभएको पुष्टि हुन बाँकी रहेको जानकारी दिए । जसमा अनुसार डडेलधुराका ६ वर्षे बालक, गुल्मीमा क्वारेन्टिनमा बसेका एकजना व्यक्तिले आत्महत्या गरेका व्यक्ति र काठमाडौंको एक अस्पतालमा मृत्यु भएका बिरामीको कोरोना परीक्षणको नतिजा आइसकेको छैन ।

यसरी कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।


क्लिकमान्डु