सरकारी निर्णय : आधिकारिक बिक्रेताबिना जसले पनि विदेशबाट गाडी ल्याउन पाइने



काठमाडौं । सरकारी निर्णयले नेपालमा अब आधिकारिक बिक्रेताबिनापनि गाडी आयात गर्न सकिने भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले बजेटसँगै ल्याएको आर्थिक विधेयकले आधिकारिक बिक्रेताबिनापनि गाडी आयात खुल्ला गरिदिने बाटो खोलेको हो ।

नेपालमा गाडी आयातको लागि निर्माता कम्पनी तथा आधिकारिक बिक्रेताबाट नेपालको लागि आधिकारिक बिक्रेता भएरमात्र ल्याउन पाउने व्यवस्था थियो । सर्वसाधरणलाई गाडी आफैले ल्याउने अधिकार थिएन ।

तर,आर्थिक ऐनले सो व्यवस्था उलंघन गरेर आएमा गाडीको मूल्यको ३० प्रतिशत रकम तिरेर गाडीको जाँचपास गर्न सकिने व्यवस्था गरेको छ । आर्थिक ऐनको यो व्यवस्थाले आधिकारिक बिक्रेताबिना गाडी आयात गर्ने बाटो खुल्छ ।

नेपाल अटोमोबाइल्स डिलस एशोसियन(नाडा)ले यसको संस्थागत रुपमा नै बिरोध गर्ने छ ।

बजेटमा भएको व्यवस्थाले आधिकारिक बिक्रेताबिना नेपालमा आएर विरगन्जमा थन्किएका गाडीहरुलाई आउने बाटो खोलेसँगै बिक्रेताबिना गाडी आयात गर्न सकिने बाटो खोलेको एक व्यवसायीले बताए ।

सरकारको निर्णयले नेपालमा अब कम मूल्यको बिजक बनाएर गाडी भित्राउने खेल बढ्न सक्छ । आधिकारिक बिक्रेताबिना गाडी ल्याउन पाइने भएपछि यसमा गर्नुपर्ने लगानी समेत आवश्यक पर्दैन ।


क्लिकमान्डु