लकडाउन जेठ ३२ गतेसम्म बढ्यो, हवाई सेवा असार १३ गतेसम्म बन्द



काठमाडौं । सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषदको निर्णयले लकडाउन जेठ ३२ गतेसम्म बढाउने निर्णय गरेको हो । यसअघि लकडाउनको अवधि जेठ २० गतेसम्म मात्रै थियो ।

त्यसैगरी बैठकले हवाई सेवा असार १३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले  पहिलोपटक चैत ११ गतेदेखि १८ गतेसम्म पहिलो पटक लकडाउन गरेको थियो ।

त्यसपछि दास्रो पटक चैत २५ तेसम्म र तेस्रोपटक बैशाख ३ गतेसम्म लकडाउन बढाइएको थियो । त्यस्तै चौथोपटक बैशाख १५ गतेसम्म र पाँचाैपटक बैशाख २५ गतेसम्म, छैठाैंपटक जेठ ५ गते र सातौपटक जेठ २० गतेसम्म गरी लकडाउन बढाएको थियो भने पछिल्लो पटक लकडाउन जेठ ३२ गतेसम्म बढाएको हो ।


क्लिकमान्डु