शुक्रबार थप १७० जना संक्रमित थपिए, कुल संख्या १२१२ पुग्यो



काठमाडौं । शुक्रबार थप १७० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बढेको यो संख्या हालसम्मकै एकैदिनमा बढेको सबैभन्दा धेरै संख्या हो ।

योसँगै हालसम्म संक्रमितको संख्या १२१२ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म २०६ जना उपचारपछि निको भएका छन् भने ५ जनाको हालसम्म मृत्यु भइसकेको छ ।


क्लिकमान्डु