यस्तो छ आर्थिक वर्ष २०७७/७८ को बजेट (पूर्णपाठ)



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷८७ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । बिहीबार संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।

चालु आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका खतिवडाले आगामी आवमा बजेटको आकार घटाएका हुन् ।

जसमा चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड पुँजीगत ३ खर्ब ५२ करोड, वित्तीय व्यवस्था १ खर्ब ७२ अर्ब बिनियोजन भएको छ । जसमा राजस्व वापत ८ खर्ब ८९ अर्ब र वैदेशिक ऋण २ खर्ब ९९ अर्ब र आन्तरिक ऋण २२५ अर्ब उठाउने लक्ष्य राखिएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोका संकटका कारण नेपालको अर्थतन्त्र पनि प्रभावित भएपछि खतिवडाले बजेटको आकार घटाएका हुन् ।

खतिवडाले ल्याएको बजेट रोजगारी सिर्जना, स्वास्थ्य सुरक्षा, शिक्षा, सहकारी, कृषि क्षेत्र तथा आर्थिक उत्थानका लागि विभिन्न छुट तथा अनुदानमा केन्द्रित छ ।

बजेटको पूर्णपाठ


क्लिकमान्डु