कोरोनाको रोकथाम गर्दै आर्थिक पुनरुत्थान गर्ने बजेटको प्राथमिकता



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको रोकथाम गर्दै आर्थिक पुनरुत्थान गर्ने बजेटको प्राथमिकता रहेको बताएका छन् ।

बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै उनले अर्थतन्त्र पुनरुत्थान गर्दै बजेट बिनियोजन गरेको बताए ।

उनले आगामी बजेट कोरोना रोकथाम तथा नियन्त्रणसँगै, गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, स्वास्थ्य सेवामा पूर्वाधार विकास गरिने बताए । त्यसैगरी आपूर्ती श्रृखला बढाउने, सुरक्षित आवास, गुणस्तरीय र जीवनउपयोगी शिक्षा, भौतिक पूर्वाधारको निर्माण, संघीयता कार्यान्वयन गरिनेछ भने पारदर्शीता कायम गरिने बताए ।


क्लिकमान्डु