कोरोनाका कारण ललितपुरका एकजनाको मृत्यु भएको पुष्टि, मर्नेको संख्या ५ पुग्यो



काठमाडौ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ललितपुर बुङमतीका ५६ वर्षे कोरोना संक्रमित पुरुषको बुधबार मृत्यु भएको हो ।

कलेजसँग सम्बन्धि विरामी रहेका उनी जेग ११ गते ग्वार्कोस्थित किस्ट अस्पतालमा भर्ना भएका थिए । उनको जेठ १२ गते नमूना परीक्षण लिइएको थियो । तर, जेठ १४ गते कोरोना संक्रमित भएको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हालसम्म संक्रमितको संख्या १०४२ पुगेकाे छ । बिहीबार मात्रै १५६ जना थप संक्रमित भेटिएका छन् ।


क्लिकमान्डु