बिहीबार थप १५६ जना थपिए कोरोना संक्रमित, कुल संख्या १०४२ पुग्यो



काठमाडौ । बिहीबार थप १५६ जनामा कोरोना संक्रमित भेटिएका छन् । यससँगै संक्रमितहरुको कुल संख्या १०४२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो अद्यावधिक संख्या १५६ हो । र, यो हालसम्मकै एकैदिन भेटिएको सबैभन्दा धेरै संख्या हो ।

हालसम्म ५ जनाको मृत्यु भइसकेको छ भने उपचारपछि निको हुनेको कुल संख्या २२२ जना छन् । हालसम्म ५१  जिल्लामा काेराेना भेटिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६० हजार ६९६ वटा पीसीआर परीक्षण गरिएको छ भने आरडीटी परीक्षण १९ हजार २३४ पुगेको छ । हालसम्म ८७ हजार ५७ जना क्वारेन्टिनमा छन् ।


क्लिकमान्डु