बजेटको ब्रिफकेस बोकेर अर्थमन्त्रालयबाट बालुवाटार हिँडे अर्थमन्त्री, पत्रकारलाई प्रवेश र फोटो खिच्न रोक



फाइल फोटो

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्नका ब्रिफकेस बोकेर अर्थमन्त्रालयबाट निस्किएका छन् ।

आगामी आवको बजेट संघीय संसदको संयुक्त बैठकमा ४ बजे पेश गर्ने कार्यसूची छ । संसदमा बजेट पेश गर्नुअघि उनी मन्त्रिपरिषदको बैठकबाट पारित गर्नुपर्ने बैधानिक व्यवस्था छ । त्यसका लागि उनी अर्थमन्त्रालयबाट दिउँसो १ बजेट ३ मिनेट जाँदा अर्थमन्त्रालयबाट बालुवाटारतर्फ लागेका हुन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेकाले बिहीबार (आज) सिंहदरबारमा प्रदेशलाई निकै कडाइ बनाइएको छ । बिहीबार सिंहदरबारमा सरकारी सञ्चारमाध्यममा कार्यरत मात्रै पत्रकारलाई प्रवेश दिइएको छ भने अन्य सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई प्रवेश निषेध गरिएको छ ।

त्यति मात्रै होइन, अर्थमन्त्रीले ब्रिफकेससहितको फोटो खिच्न गएका पत्रकारले फोटो खिच्न समेत पाएनन् । मन्त्रीज्यूले नै फोटो खिच्न प्रतिबन्ध गरेकाले फोटो नखिच्न भन्दै सुरक्षाकर्मी तथा अधिकारीहरुले पत्रकारलाई फोटो खिच्न दिएका थिएनन् ।

कोरोनाका कारण सुनसान प्राय रहेको सिंहदरबारमा सञ्चारकर्मीलाई समेत प्रवेश रोक लगाएर १ बजेर ३ मिनेटमा बालुवाटार गएको अर्थमन्त्रीले राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा आगामी आवको बजेटको बारेमा जानकारी गराउने छन् ।

त्यसपछि मन्त्री खतिवडाले पौने २ बजेबाट शुरु भएको मन्त्रिपरिषदको बैठकमा बजेटको बारेमा जानकारी गराउने छन् । बजेको जानकारी मन्त्रिपरिषदको बैठक सकिएपछि राष्ट्रपतिमा जानकारी गराउने र ४ बजे संघीय संसदमा बजेट पेश गर्ने कार्यक्रम छ ।


क्लिकमान्डु