एकैदिन थपिए ११४ जना संक्रमित, कुन जिल्लामा कति ?



काठमाडौं । बुधबार हालसम्मकै सबैभन्दा धेरै एकैदिन ११४ जना कोरोना संक्रमित थपिएका छन् । जसका कारण नेपालमा कुल संक्रमित हुनेको संख्या ८८६ पुगेको छ ।

कहाँ भेटिए नयाँ संक्रमित ?

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि भएको छ । जसमा सप्तरी डोँडेबसाइ नगरपालिकाका ८ जना, सप्तरी बालनबिहु गाउँपालिकाका २ जना र सप्तरीकै सुरुंगा नगरपालिकाका १ जनामा देखिएको हो ।

त्यस्तै, कोसी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा १७ जनामा कोरोना देखिएको छ । जसमध्ये झापा गौरदह नगरपालिकामा २ जना, झापाकै कचनकवल गाउँपालिकामा १५ जनामा कोरोना देखिएको हो ।

हेटौडाको किट जन्य प्रयोगशालामा ८ जनामा कोरोना देखिएको छ । जसमध्ये हेटौडाका १ जना, रौतहट गडिमाइ नगरपालिकाका ७ जनामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी पोखराको प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ६ जनामा कोरोना देखिएको छ । जसमध्ये बाग्लुङ तमाङ खोला गाउँपालिकाका ४ जना र २ जना बडिगार्ड गाउँपालिकाका छन् ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १८ जनाको पोजिटिभ आएको छ । जसमध्ये रुकुम पूर्व उत्तरगंगा गाउँपालिकाका ३ जना र दाङ घोराहीका ७ जना, दाङकै लमही नगरपालिकाका ८ जनामा कोरोना देखिएको हो ।

त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनाको पोजिटिभ आएको छ । जसमध्ये बाँकेका डुडुवा गाउँपालिकाका २ जना, राप्तीसोनाली गाउँपालिकाका ७ जना, बैजनाथ गाउँपालिकाका ६ जना, खजुरा गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये सिराह सिद्धिचरणका १ जना, सिराह स्थायी ठेगाना भएका तर हाल सप्तरीको रुपनीमा रहेका १ जना, बारा कटौचा नगरपालिकाका ७ जना, रौतहटका हाल बारा कटौचामा रहेका १ जना, रौतहटका गौरका ८ जना, रौतहटको देवाहीका २ जना, रौतहटकै कटरिया नगरपालिकाका २ जना, रौतहटकै श्री जनता निम्नमाध्यमिक विद्यालयमा गरिएको परीक्षणमा १४ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी मदरसा रौतहटका २ जनामा कोरोना देखिएको हो ।


क्लिकमान्डु