बाग्लुङमा थप ६ जना नयाँ संक्रमित भेटिए



काठमाडौं । बुधबार बाग्लुङमा थप ६ जना नयाँ संक्रमित भेटिएका छन् ।

जिल्लाको बढीगा गाउँपालिकाको क्वारेन्टिनमा बसेका १९ र २० वर्षका २ जना पुरुष तथा तमनखोली गाउँपालिकामा क्वारेन्टिनमा बसेका २१, २७, २७ र २१ वर्षे ४ जना पुरुष गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु सबैलाई सदरमुकामस्थित सरकारी अस्पतालमा ल्याउने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा निर्देशक डा. बिनोद विन्दु शर्माले जानकारी दिए ।


क्लिकमान्डु