मोबाइल प्रयोगकर्ताको संख्या ४ करोड बढी, इन्टरनेटको पुहँच ७५ प्रतिशतमा पुग्यो



काठमाडौं । नेपालमा मोबाइल प्रयोगकर्ताको संख्या ४ करोड नाघेको छ । आर्थिक वर्ष २०७६÷७७ को आर्थिक सर्वेक्षण अनुसार फागुन महिनासम्म कुल मोबाइल प्रयोगकर्ताको संख्या ४ करोड ७ लाख ९३ हजार १०२ पुगेको छ ।

योसंख्या अघिल्लो आवमा ४ करोड ५ लाख ९६ हजार २५९ थियो ।

त्यस्तै नेपाल टेलिकमको विद्यमान एडीएसएल सेवालाई स्तरोन्नत्री गरी एफटीएचमा रुपान्तरण गर्ने र दीर्घकालमा स्थानीय छेलिफोनलाई फाइवर प्रविधिमा रुपान्तरण गरी इन्टरनेट, टेलिभिजन र भ्यावइस सेवा एउटै तारबाट प्रदान गर्न एफटीर्टीच परियोजना अन्तर्गत गरिउको नेवटर्क ४ लाख रहेकोमा हाल १ लाख ४२ हजार नेटवर्क क्षमता जडान भइ ग्राहक संख्या ४३ हजार पुगेको छ ।

त्यस्तै, कुल जनसंख्यामा ७५ प्रतिशतमा इन्टरनेटको पुहँच विस्तार भएको छ । भने नेपाल दूरसञ्चार कम्पनीका ग्राहक ४८.९ प्रतिशत छन् । त्यस्तै, एनसेलका ग्राहक ३२.८ प्रतिशत बाँकी इन्टरनेट सेवा प्रदायकहरुको हिस्सा १८.३ प्रतिशत छ ।

यसअवधिमा मध्य पहाडी लोकमार्ग र आसपासका जिल्लामा उच्च गतिको इन्टरनेट सेवा पुर्याउन चालु आवको फागुन महिनासम्म २०४ किलोमिटर अप्टिकल फाइवर बिछ्याउने काम सम्पन्न भएको छ ।


क्लिकमान्डु