थप ९० जना नयाँ संक्रमित भेटिए, कुल संख्या ७७२ पुग्यो



काठमाडौ । नेपालमा कोरोना भाइरसबाट थप ९० जना संक्रमित थपिएका छन् ।

स्वास्थ मन्त्रालयका अनुसार राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जना, जनस्वास्थ्य प्रयोगशालामा भैरहवामा गरिएको  परीक्षणमा ७, सुर्खेतमा गरिएको परीक्षणमा १२ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा १ जना पुष्टि भएको हो ।

त्यसैगरी सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा २ जना र पोखरा अञ्चल अस्पतालमा गरिएको परीक्षणमा २ जना र नेपालगन्जमा गरिएको  परीक्षणमा ७ जना गरी जम्मा ९० जना संक्रमित थपिएका हुन् ।

योसँगै कुल संक्रमितको संख्या ७७२ जना पुगेको छ । हालसम्म ४ जनाको मृत्यु भइसकेको छ भने १५५ जना उपचारपछि निको भएको छन् ।


क्लिकमान्डु