सुर्खेतमा १२ जना नयाँ संक्रमित थपिए, जिल्लामा कुल संख्या २३ पुग्याे



काठमाडौं । सुर्खेत जिल्लामा १२ जना नयाँ संक्रमित भेटिएका छन् ।

प्रदेश अस्पताल सुर्खेत र पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १२ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य सेवा महाशाखा सुर्खेतले जानकारी दिएको छ ।

नयाँ संक्रमितमा बीरेन्द्रनगर १ का १६ वर्षे पुरुष, वडा नम्बर २ का ९, २०, ३२, ३६ वर्षे पुरुष र ३२ वर्षे महिला, वडा नम्बर ३ मा ४६ वर्षे पुरुष, वडा नम्बर ६ मा ३६ वर्षे पुरुष, भेरीगंगा वडा नम्बर ८ मा १६ र १७ वर्षे पुरुष र सिम्ता वडा नम्बर ४ निवासी ३५ र ४९ वर्षे पुरुषमा संक्रमण पुष्टि भएको हो । महाशाखाका अनुसार हालसम्म सुर्खेतमा कुल संक्रमितको संख्या २३ पुगेको छ ।


क्लिकमान्डु