निरोगी हुन प्रधानमन्त्री ओलीले दिए ५ टिप्स



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी हुनका लागि ५ वटा टिप्स दिएका छन् ।

सोमबार प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै निरोगी नेपाल निर्माणको लागि पाँच वटा काम गर्न आग्रह गरे ।

‘हाम्रा पूर्वजहरूले हजारौं वर्षदेखि गहिरो अनुसन्धान गरेर प्रचलनको रूपमा हाम्रो भान्छामा प्रयोग हुँदै आएका ती औषधीय तत्वले रोगको प्रतिरोध क्षमता बढाउन बल पु¥याइरहेका छन्’ ओलीले सम्बोधनका क्रममा भने ‘सोचौं, हुनेखाने हुन् वा हुँदा खानेको, अचारको रुपमा होस वा तरकारी, हाम्रा भान्छामा प्रयोग हुने केही तत्वहरुमा किन समानता पाइन्छ ? किनकी त्यसमा औषधीय तत्व छ ।’

यस्ता छन् ५ वटा टिप्स
१) यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आपूmलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं ।

२) लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं । शारिरीक र स्वास प्रस्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ ।

३) भाइरस फोहरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुबैको सरसफाईमा एकदमै ध्यान दिऊँ ।

४) स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ ।

५) उच्च मनोबल कायम राखौं । भय र त्रास, चिन्ता र आशंकाले रोग-व्याधीका विरुद्धको लडाईँमा कमजोर तुल्याउँछ ।


क्लिकमान्डु