सामाजिक सुरक्षा कोषमा श्रमिकले तिर्नुपर्ने रकम सरकारले दिने, भत्ता नकाटिने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा कोषमा श्रमिकले जम्मा गर्नुपर्ने हाललाई सरकारले तिरिदिने बताएका छन् ।
सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै ओलीले अपांगता भएका व्यक्ति वा अन्य कसैको पनि राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सहयाता कटौती नगरिने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाको दायरा फराकिलो पारिने बताउँदै यो योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गर्ने बताए ।