विदेशबाट नेपाली ल्याउन छिट्टै आदेश जारी हुन्छः प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीलाई ल्याउनका लागि छिट्टै आदेश जारी गर्ने बताएका छन् ।

सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै ओलीले स्वदेश आउनेका कारण परिवार, समाजमा महामारी नफैलाउन पनि आग्रह गरे । यसका लागि प्रशासन र अस्पतालको निगरानीमा रहन आग्रह गरेका छन् ।

अहिले मुलुक बाहिर रहेका नेपाली घर फर्कन लागेको र नेपाली रहेको देशमा सम्पर्क गरिरहेको पनि बताए । सम्पर्क गर्दा नेपाली रहेका देशका अधिकारीहरुले नेपालीको बारेमा निश्चिन्त हुन भनेको पनि जानकारी गराए ।

उनीहरुलाई नेपालमा ल्याउन व्यवस्थापनको काम जारी रहेको बताए । नेपाली रहरले केही पनि विदेशमा नजाने र उनीहरु आउँदा रोग लिएर नआउने पनि बताए ।

स्वदेशमा आएकाले छिटो परीक्षण गर्न सामाजिक दूरी कायम गर्न पनि आग्रह गरेका छन् । यसमा स्थानीय तहले जिम्मेवारीका साथ काम गर्ने बताए । उनले रोग र भोकबाट देशबासीको जीवन असुरक्षित बन्न नदिने बताए ।


क्लिकमान्डु