विदेशमा रहेका नेपालीलाई फर्काउने प्रधानमन्त्रीको घोषणा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीलाई नेपालमा ल्याउनका लागि चाँडै नै आदेश जारी गर्ने बताएका छन् ।
राष्ट्रको नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । स्वदेश आउनेका कारण परिवार, समाजमा महामारी नफैलाउन पनि आग्रह गरेका छन् । यसको लागि प्रशासन र अस्पतालको निगरानीमा रहन आग्रह गरेका छन् ।
अहिले मुलुक बाहिर रहेका नेपाली घर फर्कन लागेको र नेपाली रहेको देशमा सम्पर्क गरिरहेको पनि बताए । सम्पर्क गर्दा नेपाली रहेका देशका अधिकारीहरुले नेपालीको बारेमा निश्चिन्त हुन भनेको पनि जानकारी गराए ।
उनीहरुलाई नेपालमा ल्याउन व्यवस्थापनको काम जारी रहेको बताए । नेपाली रहरले केही पनि विदेशमा नजाने र उनीहरु आउँदा रोग लिएर नआउने पनि बताए ।
स्वदेशमा आएकाले छिटो परिक्षण गर्न सामाजिक दुरी कायम गर्न पनि आग्रह गरेका छन् । यसमा स्थानीय तहले जिम्मेवारीका साथ काम गर्ने बताए ।
रोग र भोकबाट देशबासीको जीवन असुरक्षित बन्न नदिने बताए ।