भर्चुअल कक्षामार्फत् नयाँ शैक्षिक वर्षको पठनपाठन हुनेछः प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक नीतिगत व्यवस्थासहित भर्चुअल कक्षा प्रयोग गरी नयाँ शैक्षिक वर्षको अन्तर्गत पठनपाठनकाम अगाडि बढाउने बताएका छन् ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै अब अनलाइन माध्यमबाट कक्षा सञ्चालन गरिने बताए ।

‘एसईईका परीक्षार्थीहरुको लाखौं विद्यार्थी अहिले अन्योलमा छन् । अहिले तत्काल परीक्षा सञ्चालन गर्न सक्ने अवस्था पनि छैन । तसर्थ एसईईका परीक्षाका विद्याथीएको खेर जान नदिन शिक्षा मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउने छ,’ उनले भने ।


क्लिकमान्डु