काठमाडाैंमा ३ जनासहित ७२ जना नयाँ संक्रमित थपिए, कुल संख्या ६७५ पुग्यो
काठमाडौं । सोमबार ७२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं, बारामा संक्रमित भेटिएका हुन् । त्यसैगरी रौतहट, सप्तरी, बर्दिया, बाँके, र दैलेखमा नयाँ संक्रमित भेटिएका हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धनुषा नगराइन नपरगापालिका ३ जना पुरुष, कपिलवस्तु शिवराज नगरपालिका ३ जना पुरुष, काठमाडौं टोखा र बुढानिलकण्ठका ३ जना पुरुष, बारा कलैया कोटवालीका २ जना पुरुष र रौतहट २६ जना पुरुषमा कारोना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्ती डाक्नेश्वरी नगरपालिकाका २ जना पुरुषमा कोरोना देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बर्दिया बाँसगढीका १ जना र बाँकेका ४ जनामा कोरोना देखिएको हो भने किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बारामा गडीमाईमा २१ जना पुरुषमा कोरोना देखिएको हो ।
त्यसैगरी भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिका र ढुंगेश्वर गाउँपालिकिाका एक जना महिलासहित ५ जनामा कोरोना पुष्टि भएको छ भने प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा दैलेखकै गुँरास गाउँपालिकामा २ जना पुरुषमा कोरोना देखिएको हो ।
योसँगै कुल संक्रमितको संख्या ६७५ पुगेको छ ।