कञ्चनपुरमा बैंकसहित सबै सेवा बन्द, सुरक्षाकर्मीको अनुमति बिना हिँड्न नपाइने



काठमाडौं । कञ्जनपुर जिल्लामा कोरोना संक्रमितहरुको संख्या अत्यधिक बढ्दै गएपछि  औषधोपचारबाहेक सबै बन्द हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार खाद्यान्न, फलफुल,  तरकारी पसल, बैंक सबै बन्द हुने भएका हुन् । खतिवडाका अनुसार कुन पनि व्यक्ति सुरक्षाकर्मीको परामर्शबिना बाहिर निस्कन पाउने छैनन् ।

यसअवधिमा औषधोपचारबाहेक सबै अत्यावश्यक सेवा बन्द हुनेछन् । कोरोनाको जोखिम बढ्दै गएपछि उक्त निर्णय गरिएको हो ।

 


क्लिकमान्डु