आइतबार थप १९ जनामा कोरोना पुष्टि, कुल संख्या ६०३ पुग्यो



काठमाडौं । आइतबार थप १९ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ ।

कोरोनाका कारण हालसम्म ८७ जना उपचारपछि निको भएका छन भने ३ जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म ४२ वटा जिल्लामा कोरोना फैलिएको छ ।


क्लिकमान्डु