बढी मूल्यमा मास्क बिक्री गर्ने वीर अस्पतालका मेगन, पवित्र र हनुमान फार्मेसी २/२ लाख जरिवाना



काठमाडौं । वीर अस्पताल अगाडिको मेगन, पवित्र प्रोगेस र हनुमान फार्मेसी कारबाहीमा परेका छन् ।

मेगन र पवित्र प्रोग्रेस फार्मेसीले केएन९५ मास्क र हनुमान फार्मेसीले हाइ मास्कलाई बढी मूल्य लिइ बिक्री गरिरहेको पाइएपछि कारबाहीमा परेका हुन् ।

आइतबार वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले फार्मेसीलाई २/२ लाख रुपैयाँका दरले जरिवाना गराएको हो ।

उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (क) बमोजिम अनुचित क्रियाकलाप गरेकाले ३८ (ङ) को कसुरमा ३९ (१) (ख) बमोजिम २ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।


क्लिकमान्डु