१ सेकेन्डमा १ हजार चलचित्र डाउनलोड गर्न सकिने तीव्रगतीको इन्टरनेट विकास गरेको वैज्ञानिकको दाबी



वैज्ञानिकहरुले विश्वको अहिलेसम्मकै तीव्र गतिको इन्टरनेटको सफल परीक्षण गरेको दाबी गरेका छन् ।

अष्ट्रेलियाका वैज्ञानिकहरुले गरेको परीक्षणमा हालसम्म कै सबैभन्दा तीव्र गतीको इन्टरनेट विकास गरेको दाबी गरेका हुन् ।

अष्ट्रेलियाका मोनास, स्वीनबर्न र आरएमआईटी विश्वविद्यालयको एक टिमले प्रतिसेकेन्ड ४४.२ टेराबाइटको गतिमा चल्न सक्ने इन्टरनेटको परीक्षण गरेका हुन् ।

उक्त स्पीडमा एक सेकेन्डमा १ हजार वटा हाइ डेफिनिसनका चलचित्र डाउनलोड गर्न सकिनेछ । अफकमकाका अनुसा बेलायतको ब्रोडब्यान्डमा औसत इन्टरनेटको गती एक सेकेन्डमा ६४ मेगावाइटस छ ।

अनुसन्धानकर्ताका अनुसार उपलब्ध टेलिकम हार्डवेयर, ‘माइक्रो कोम्ब’को एउटा मात्रै पूर्वाधारले ८० वटा तहलाई प्रतिस्थापन गरेको छ । माइक्रो कोम्बलाई त्यसमा राखेर ल्याव बाहिर परीक्षण गरिएको हो ।

नतिजा एउटा मात्रै अप्टिकल चिलेले यतिधेरै डाटा उत्पादन गरेको पहिलो पटक हो । यो परीक्षणले भविष्यमा इन्टरनेट कस्तो हुने भन्ने संकेत गरेको अनुसन्धानकर्ताहरुको भनाइ छ ।


क्लिकमान्डु