शनिबार थप ३६ जनामा कोरोना पुष्टि, कुल संख्या ५८४ पुग्यो



काठमाडौं । शनिबार थप ३६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या ५८४ पुगेको छ ।

जसमध्ये सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडी शिवनाथ गाउँपालिकाका ४ जनामा पुष्टि भएको हो ।

त्यस्तै कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १ जना, राप्ती स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँके नरैनापुरका ६ जना, नरैनापुर ३ का १५ जना र नरैनापुर १ मा ६ जना, बर्दिया बडौतीका १ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार सुर्खेतमा ३ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोनाका कारण हालसम्म ७० जना उपचारपछि निको भएका छन् भने ३ जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म ४० वटा जिल्लामा कोरोना फैलिएको छ ।


क्लिकमान्डु