२० जना थपिए कोरोना संक्रमित, कुल संख्या ५०७ पुग्यो

क्लिकमान्डु २०७७ जेठ ९ गते १६:२८ मा प्रकाशित

काठमाडौं । शुक्रबार थप २० जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा  कैलालीका ३ जना, डडेलधुराका १ जना, बैतडी जिल्लाका १ जनामा कोरोना पुष्टि भएको हो । त्यसैगरी बाँकेका १४ जना र मोरङमा एक जना गरी कुल २० जनामा  कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

बाँकेबाट २१ जना डिस्चार्ज
शुक्रबार बाँकेमा उपचारमा रहेका २१ जना डिस्चार्ज भएका छन् । जसमा ९ जना महिला र १२ जना पुरुष डिस्चार्ज भएका हुन् । उनीहरुले १७ देखि २० दिनसम्म उपचार गरेर निको भएका हुन् ।

हालसम्म प्रदेश नम्बर १ मा २६ जना प्रदेश नम्बर २ मा ६ जना, बाग्मती प्रदेशमा ९ जना, गन्डकी प्रदेशमा २ जना, प्रदेश नम्बर ५ मा २२ जना र कर्णाली प्रदेशमा ५ जना गरी कु्ल ७० जना डिस्चार्ज भएका छन् ।

उनका अनुसार हाल मुलुकभर २७ हजार ८२९ जना क्वारेन्टाइनमा छन् । कोरोनाका कारण हालसम्म ३ जनाको मृत्यु भइसकेको छ भने जना उपचारपछि निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआरबाट ४२ हजार ४८८ वटा र आरडीटीबाट ८२ हजार ११६ संख्यामा परीक्षण भइसकेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स