निशान छापमा नयाँ नक्सा राख्न संविधान संसोधन हुने, विवादलाई अन्तर्राष्ट्रियकरण नगर्ने



काठमाडौं । सरकारले हालै ल्याएको नयाँ राजनीतिक नक्सालाई निशान छापमा राख्नको लागि संविधान संसोधन गर्ने भएको छ ।

मन्त्रीपरिषद्को बैठकले संविधानको अनुसूचि ३ मा रहेको निशान छापमा हुने नक्सा परिवर्तन गर्नको लागि संविधान संसोधनका लागि संघीय संसद्मा पेश गर्ने निर्णय भएको मन्त्रीपरिषद्का प्रवक्ता तथा संचार एव्म अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

‘नेपाल भारतबीचको सिमा विवाद भारतसँग वार्ता गरेर सल्टाउने हो,हामी भारतसँग वार्ता गरेर भूमि फिर्ता ल्याउने छौ,’संचारमन्त्री खतिवडाले भने ।

संविधान जारी गर्दा लिम्पियाधुरा लगायतको भुभाग नेपालको नक्सामा समावेश गरिएको छैन । सरकारले दुईदिन अगाडि मात्र नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो ।

जसको भारतको विरोध गरेको छ । नेपालमा केहीले भारतले नेपाली भूमि मिचेको विषय अन्तराष्ट्रियकरण गर्नुपर्ने बताएपनि सरकार भने यसलाई द्धिपक्षिय माध्यमबाट हल गर्ने तयारी रहेको स्पष्ट जानकारी सरकारका प्रवक्ताले दिएका छन् ।

सरकारले मुस्लिम धर्मालम्बीहरुको पर्व इदुलफितरका अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।


क्लिकमान्डु