बाँके र कपिलवस्तुमा थप ३ जना संक्रमित भेटिए, कुल संख्या ४५७ पुग्यो



काठमाडौं । बाँके र कपिलवस्तुमा थप ३ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार बाँते नरैनापुर-  ३ निवासी ३२ वर्षे पुरुष, खजुरा -३ निवासी ४२ वर्षे महिला र कपिलवस्तु शुद्धोधन गाँउपालिकाका १९ वर्षे युवकमा कोरोना भेटिएको हो

योसँगै नेपालमा कुल संक्रमितको संख्या ४५७ पुगेको छ । हालसम्म ३ जनाले ज्यान गुमाइ सकेका छन् ।


क्लिकमान्डु