डीएसपी हुँ, स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ



काठमाडौं । स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम असुल गरेको आरोपमा काठमाडौं तारकेश्वर ३ का ४५ वर्षे राजकुमार चापागाई पक्राउ परेका छन् ।

आफू सशस्त्र प्रहरी नायव उपरीक्षक बताउँदै स्वास्थ्य मन्त्रालयमा खरिदार, रिसेप्सनिष्ट, सहायक लेखापाल जस पदमा जागिर लगाइदिन्छु भन्दै पीडितसँग १ लख ८५ हजार रुपैयाा लिएका थिए । प्रहरीले उनलाई १ लाख २० हजार रुपैयाँ घुस लिँदादिँदै पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको महाशाखाले जनाएको छ ।


क्लिकमान्डु