तलब दिँदा श्रमिक, प्रतिष्ठान र सरकारको आपसी सहमतिमा गरौंः मानव संसाधन समाज



काठमाडौं । मानव संसाधन समाज नेपालले श्रमिकहरुलाई निजी क्षेत्र, सरकार र कर्मचारीको बराबर योगदानका दिनुपर्ने माग गरेको छ । समाजले बिहीबार विज्ञप्ती जारी गर्दै व्यापार व्यवसाय सञ्चालन नहुने समयसम्म तीन वटै पक्षले बराबर योगदानको आधारमा जानुपर्ने माग गरेको हो ।

समाजले केही समयका लागि प्रतिष्ठानहरुले कम्तीमा ५० प्रतिशत तल उपलब्ध गराउन माग गरेको छ । त्यसमा बाँकी कति सकिन्छ सहमतिका आधारमा सरकारले र कर्मचारीले बेहोर्ने र प्रतिष्ठानहरुले ५० प्रतिशत बेहोरेवापत सरकारले उक्त भारलाई कुनै बाटोबाट प्रतिष्ठानलाई अनुदानका रुपमा व्यवस्था गर्नमा गरेको छ ।

लकडाउन लागू भएको अवधिबाट लागू हुने गरी सहमतिका आधारमा पहिलो महिना ८० प्रतिशत, दोस्रो महिना ६० प्रतिशत र तेस्रो महिना ४० प्रतिशत र त्यसपछिका ३ महिना लगातार २० प्रतिशतका दरले प्रतिष्ठानहरुले दिने र बाँकीको हकमा सहमतिका आधारमा सरकार र कर्मचारीले बहोर्नुपर्ने माग गरेको छ ।

त्यसैगरी कोभिडको समस्या समाधान नभए सरकार, निजी प्रतिष्ठान र श्रमिकको त्रिपक्षीय सहमतिमा अगाडि बढ्नुपर्ने माग गरेको छ । त्यस्तै, प्रतिष्ठान सञ्चालनका लागि समेत आलोपालो तरिकाबाट कर्मचारीलाई लगानुपर्ने समेत माग गरेको छ ।

समाजले श्रमिकबाट सरकारले उठाउँदै आएको १ प्रतिशतका दरले सामाजिक सुरक्षा कर उठाएको र यस संकटको अवस्थामा सरकारले बेवास्ता गर्न नहुने समेत माग गरेको छ । सामाजिक सुरक्ष करवापत ३३ अर्ब ४० करोड रुपैयाँ संकलन भइसकेको अवस्थामा सरकारले वेवास्ता गर्न नहुने समेत स्पष्ट पारेको छ ।


क्लिकमान्डु