कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण गुल्मीका संक्रमितको मृत्यु भएको छ ।

प्रदेश नम्बर ५ सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयले विज्ञप्ती जारी गर्दै मृत्यु भएको पुष्टि गरेको हो ।

रुपन्देही मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षको भन्टिलेटरमा उपचाररत मदाने गाउँपालिका निवासी ४१ वर्षे शिक्षकको बिहीबार मृत्यु भएको हो ।

उनी कंके देउराली आधारभूत विद्यालयका प्राधानाध्यापक समेत थिए ।

यसअघि नेपालमा कोरोना कारण २ जनाको मृत्यु भइसकेको छ । सिन्धुपालचोक निवासी एक सुत्केरी महिला र बाँकेमा क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भइसकेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ ।


क्लिकमान्डु