सिद्धार्थ इन्स्योरेन्सका कर्मचारीलाई कोरोना देखियो, सीइओको दवावले आएकी थिइन् काठमाडौं



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको कमलादी शाखामा काम गर्ने कर्मचारीमा कोरोना संकम्रण देखिएको छ । प्रमुख कार्यकारी अधिकृतले कोरोना संक्रमणको बेलामा जसरीपनि कार्यालय जान उर्दी जारी गरेपछि संक्रमित कर्मचारी भैरहवाबाट काठमाडौं आएकी थिइन् । सिद्धार्थ इन्स्योरेन्सले जुन ठाउँमा भएपनि काठमाडौं आउनको लागि उर्दी जारी गरेको थियो ।

सिद्धार्थ इन्योरेन्सको कमलादी शाखा काठमाडौं प्लाजामा रहेको छ । पछिल्लो समय सिद्धार्थका कर्मचारीहरु केन्द्रीय कार्यालय बबरमहलमा समेत गएका थिए । सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्रीले विभिन्न इन्स्योरेनन्सका सीइओहरुलाई भेटेका थिए । जसको कारण इन्स्योरेन्सका कम्पनीका सीइओहरु समेत डराएका छन् ।

यस्तै मैतिदेवीमा बस्नेलाई कोरोना संक्रमण देखिएपछि सो क्षेत्र सिल गरिएको छ । रामेछापबाट आएका व्यक्तिमा कोराना संक्रमण देखिएको हो । उनी मैतिदेवीमा बस्ने गरेका थिए ।


क्लिकमान्डु