नेपालको नयाँ नक्सा सार्वजनिक



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको राजनीतिक, प्रशासनिक नक्सा सार्वजनिक गरेकी छिन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले नयाँ नक्सा सार्वजनिक गरेकी हुन । मन्त्री अर्याललय आगामी दिनमा पाठयक्रमका साथै सबै क्षेत्रमा उक्त नक्सान नै प्रयोगमा ल्याउन मन्त्री अर्यालले आग्रह गरेकी हुन् ।

उनले नेपालसँग उपलब्ध प्रमाणका आधारमा उक्त नक्सा तयार पारेको बताएकी छिन् । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश भएको एक सातामा नै नक्सा सार्वजनिक गर्न सफल भएको उनको भनाइ छ ।

मुलुकको इतिहासमा नै लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको राजनीतिक, प्रशासनिक नक्सा सार्वजनिक गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ ।

नेपाली जनताको भावनाको जगमा उभिएर सबै प्रमाणको आधारमा नक्सा सार्वजनिक गरेको उनको तर्क छ । यो नेपाल र नेपालीको लागि ऐतिहासिक सुखद क्षण भएको बताइन । यसले नेपालको मानचित्र बदलिएको र नेपालीको मन बदलिएको उनको तर्क छ ।


क्लिकमान्डु