प्रदेश नम्बर ५ मा सबैभन्दा धेरै संक्रमित, संक्रमित हुनेमा २ महिनादेखि ८१ वर्षसम्म



काठमाडौं । कोरोना भाइरसको संक्रमण हुनेको संख्या सोमबार ११ जना थप भएको छ ।

कपिलवस्तुका १० जना र सप्तरीमा १ जना गरी ११ जना थप संक्रमित भएको पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या १२१ पुगेको छ । जसमा ८९ जना पुरुष तथा ३२ जना महिला छन् ।

प्रदेश नम्बर १मा ३५ जना, प्रदेश नम्बर २ मा ३२ जना, बाग्मती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नम्बर ५ मा ४० जना र सुदुरपश्चिमाञ्चल प्रदेशमा र ५ जना गरी १२१ जना पुगेको हो ।

यसैगरी हालसम्म उपचारपछि निको हुनेको संख्या ३३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ महिनादेखि ८१ वर्षसम्मकालाई कोरोना संक्रमित भएको हो । जसमध्ये २० वर्ष उमेरदेखि ५० वर्ष उमेर समूहका धेरै छन् ।


क्लिकमान्डु