कपिलवस्तु जिल्ला जेठ ५ गतेसम्म सिल गर्ने निर्णय



कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि जिल्ला सुरक्षा समितिले कपिलवस्तु जिल्ला जेठ ५ गतेसम्म सिल गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ ५ बजेदेखि सिल गर्ने निर्णय गरिएको हो प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले क्लिकमाण्डूलाई जानकारी दिए ।

उनका अनुसार जिल्लामा कोरोना संक्रतिमहरुको संख्या बढ्दै गएको र भारतबाट लुकिछिपि आउने संख्या बढेसँगै जिल्ला सिल गरिएको हो । जिल्लाको सीमावर्ती क्षेत्रमा २१ सय जना बसिरहेको उनले बताए ।

‘२१ सय जना दशगजामा टेन्ट र स्कुलमा बसिरहेका छन्, जसमध्ये ९५ प्रतिशत कपिलवस्तुका र बाँकी अर्घाखाँची, प्युठान, गुल्मी, दाङका मानिस छन्,’ उनले भने ।

जिल्लामा सोमबार मात्रै १० जना कोरोना संक्रमित भेटिएका थिए भने कुल १५ जनामा कोरोना पुष्टि भइसकेको छ । त्यस्तै, नमूना संकलन भइसकेका र रिपोर्ट आउन बाँकी २६३ जना छन् ।


क्लिकमान्डु