प्राथमिकता बदलिएपनि सम्बृद्ध नेपालको अभियानमा जारी छ: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाको कारण प्राथमिकता परिवर्तन भएपनि ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ अभियान जारी रहने बताएका छन् ।

राष्ट्रियसभामा अर्थमन्त्री खतिवडाले पेश गरेको आगामी वर्षको बजेटको सिद्दान्तमाथि सांसद्हरुले सोधेको प्रश्नको जवाफ दिदै २ वर्षमा राम्रा कार्यक्रम गरेको र सम्बृद्ध नेपाल सुखी नेपालीको अभियान पुरा नभएको हुँदा यो जारी रहने बताए ।

‘हाम्रा प्राथमिकता बदलिदो विश्वस्थितीको आधारमा परिवर्तन हुने हो,तर,बाटो परिवर्तन हुने छैन,’अर्थमन्त्री खतिवडाले भने ।

उनले राष्ट्रियसभामा सांसद्हरुले उठाएको स्थानीय पूर्वाधार विकास ध्यान आकर्षित भएको बताए । पछिल्लो चरणमा आएका सिमा सुरक्षा र सिमा सुरक्षामा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन गर्ने नीति सरकारले लिने जानकारी दिए ।

आर्थिक गतिविधिलाई स्वास्थ्य सुरक्षासँगै अगाडि बढाउनुपर्ने भएको हुँदा लकडाउन कायम राखेर भएपनि अर्थतन्त्र चलायमान बनाउन केही उद्योगधन्दा खोल्ने काम सरकाले गरेको अर्थमन्त्री खतिवडाले बताए ।

‘प्रदेश र स्थानीय तहको भूमिका पर्खर रुपमा देखिएको छ, अब हामीले प्रदेश र स्थानीय तहलाई बलियो बनाउने हो,’अर्थमन्त्री खतिवडाले भने ।

अर्थमन्त्री खतिवडाले प्रतिकुल अवस्थामा पनि संसद्मा बजेट पूर्वको छलफल हुन सकेको र सरकारले कोरोना भाइरस नियन्त्रणका लागि अपनाएको नीतिको कारण संक्रमण नफैलिएको बताए ।

उनले विदेशमा रहेका सबै नेपालीलाई नेपालीलाई अहिले नेपाल फर्काउन सम्भव नरहेको र क्वारेन्टाइनमा राख्न नसकिने भन्दै जो जहाभएपनि सुरक्षित रहने समय भएको बताए ।


क्लिकमान्डु