पासकोे व्यवस्था फराकिलो बन्योे, ४४ उद्योग प्रतिष्ठानका कर्मचारीले पास लिने निकाय तोकियो



काठमाडौं । सरकारले उद्योग प्रतिष्ठानका कामदार तथा कर्मचारीका लागि पास पाउने व्यवस्था फराकिलो बनाएको छ ।
जिल्ला प्रशासन कार्यालयहरु र गृहमन्त्रालयले मात्रै पास वितरण गर्ने गरेकोमा अब काठमाडौं उपत्यकाको हकमा सम्बन्धित नियामक निकायबाटै पास पाउने व्यवस्था गरिएको छ ।

प्रशासन कार्यालयले जारी गरेको सुचना अनुसार बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट पास लिनुपर्नेछ । त्यसैगरी धितोपत्रसँग सम्बन्धित निकायहरुले नेपाल धितोपत्र बोर्डबाट, बीमा कम्पनीहरुले बीमा समितिबाट, सहकारी संस्थाहरुले सहकारी विभागबाट, व्यापार तथा वाणिज्यसँग सम्बन्धित व्यवसाय गर्नेहरुले वाणिज्य विभागबाट र जलविद्युत आयोजनाहरुले जलस्रोत मन्त्रालयका सचिवबाट पास लिनुपर्ने व्यवस्था गरिएको छ ।

अन्य क्षेत्रका सवालमा पास लिने निकाय र कार्यालयहरुले पास पाउने निकाय यस अनुसार रहेका छन


क्लिकमान्डु