कोरोनाले बीमाको चेतना बढाएर व्यवसाय बढ्छ भन्नु अव्यवहारिक होः भरत बस्नेत



बीमा क्षेत्र भनेको अर्थ-व्यवसायसँगै अघिबढ्ने हो । अर्थ-व्यवस्था एकतिर र बीमा व्यवसाय अर्कोतिर भन्ने हुँदैन् । नेपालको बीमा व्यवसाय भनेको अभिकार्ता (एजेन्ट)हरुले अघि बढाएका छन् ।

कोरोना भाइरसको संक्रमणको कारणले अभिकर्ताहरु आफैं सुरक्षित हुनलाई घरमै बसेका छन् । लकडाउनले गर्दा व्यवसाय बढाउन बाहिर हिँड्न संभव पनि छैन । मानिसहरु पनि अहिलेको अवस्थामा एजेन्टसँग भेट्न रुचाउँदैनन् । त्यसकारणले गर्दा बीमा व्यवसायमा नकारात्मक असर परिरहेको छ ।

अर्कोतर्फ अर्थ-व्यवस्था पछाडि धकेलिएपछि मानिसहरुसँग खर्च गर्ने पैसा कम हुन्छ । त्यसले पनि बीमा क्षेत्रको व्यवसायमा प्रत्यक्ष असर पार्छ ।

बीमा व्यवसाय कहिलेसम्म यस्तो अवस्थामा रहन्छ त्यो संक्रमण र लकडाउन पनि कति छिटो आर्थिक गतिविधिहरु अघि बढ्छन् त्यो अनुसार बीमा व्यवसाय पनि पहिलेको अवस्थामा आउने हुन्छ । तर लकडाउन खुल्ने बित्तिकै आर्थिक गतिविधिहरु सबै चलायमान हुन्छन् भन्ने छैन ।

कोरोनाको कारणले चेतना बढ्दैमा संक्रमण पछि ह्वातै जीवन बीमा कम्पनीको व्यवसाय बढ्छ भन्ने तर्क अव्यवहारीक छ । कोरोनाको कारणले मानिसमा बीमा गर्नुपर्छ भन्ने चेतना अवश्य वृद्धि हुन्छ । त्यो चेतनाले मात्र व्यवसाय वृद्धि भने हुँदैन । तर लकडाउन खुलेपछि पुरानो गतिलाई भने केही समयपछि भेटाउँछ ।

संक्रमणको जोखिम पछिसम्म रहने हुँदा त्यस सम्बन्धी सुरक्षित रहन्छ मानिसले सोही अनुसारको सुरक्षाको उपयाहरु अवलम्वन गर्नु पर्ने हुन्छ । पहिलेकै तुलनामा आर्थिक गतिविधहरु हुनको लागि धेरै समय लाग्छ भने बीमा व्यवसाय पनि पहिलेको जस्तै व्यवसाय वृद्धि गर्नु धेरै समय लाग्छ । संक्रमण र लकडाउन समाप्त नभएसम्म त बीमा व्यवसाय पछाडि नै धकेल्लि रहेको छ ।

बैशाख, जेठ र असार महिना बीमा क्षेत्रको मुख्य प्रिमियम संकलन गर्ने महिना हो । लकडाउनले गर्दा त्यो सबै रोकिएको छ । अब जेठ महिनामा तोकिएको लकडाउनभन्दा धेरै थपिएन भने बाँकी समयमा प्रिमियम संकलन गर्न सकिन्छ भन्ने आशा बीमा कम्पनीहरुले गरेका छन् । यदि लकडाउनको समय असारसम्म नै रह्यो भने कम्पनीहरुको यो बर्षको बीमा व्यवसाय बढाउने मौका हातबाट छुट्छ ।

नेपालमा डिजिटल माध्यमबाट पनि बीमा गरिन्छ भनिएको छ । तर यसको पहुँच धेरै जनतासम्म पुगेको छैन । नविकरण बीमाशुल्क बुझाउनको लागि केही मात्रामा डिजिटल माध्यमहरु प्रयोग भएको छ ।

तर प्रथम बीमा शुल्कको लागि डिजिटल माध्यम प्रयोग नगन्य छ । त्यो कारणले पनि अहिलेको अवस्थामा बीमा डिजिटल प्रविधिको प्रयोगबाट पनि खासै अघि बढ्नसक्ने स्थिति छैन् भने तुरुन्तै यो स्थितिमा व्यापक परिवर्तन आउन पनि सक्दैन ।
अहिले कोरोना भाइरसको कारणले मानिसमा बीमाको चेतना बढ्छ भन्ने चर्चा चलेको छ । कोरोनाको संक्रमणपछि मानिसहरुमा स्वास्थ्य बीमा गर्नुपर्छ भन्ने चेतना बढी जिवन बीमा कम्पनीको व्यवसाय बढ्न भन्ने तर्कहरु आएको छ । तर हामी यो विषयमा व्यवहारीक भएर कुरा गर्नु पर्छ ।

विगतमा भुकम्प गयो, त्यो समय मानिसमा आफ्नो सम्पतीको बीमा गर्नु पर्छ भन्ने चेतनाको विकास भएको थियो । सोही कारण निर्जीवन बीमा व्यवसाय अत्याधिकरुपमा वृद्धि विस्तार हुन्छ भनिएको थियो । त्यो केही समय देखिएको पनि थियो । तर बिस्तारै हराउँदै गयो । हाल हेर्दा भुकम्पका कारणले नै मानिसमा चेतना बढेर निर्जीवन बीमा क्षेत्रमा खास्से टेवा पुगेको देखिँदैन ।

कुनैपनि घटना वा महामारी संक्रमणको कारणले मानिसमा सचेतना त वृद्धि हुन्छ । तर सचेतना वृद्धि हुँदैमा त्यसले व्यवसायमा असर पार्नको लागि व्यक्तिको आर्थिक वृद्धि हुन आवश्यक हुन्छ ।

कोरोना पछि पनि बीमा व्यवसाय फस्टाउनको लागि पहिला अर्थ व्यवस्था राम्रो हुन आवश्यक हुन्छ । आर्थिक गतिविधिहरु कति चलायमान हुन्छ, सरकारको अर्थ नीति कस्तो रहन्छ, मानिसमा बचत गर्ने क्षमता कति हुन्छ । र, उनीहरु बीमाप्रति कतिको चेतनशील हुन्छन् त्यसमा भर पर्छ । यी नै मुख्य कारकतत्व बढेपछि मात्र जीवन बीमाको व्यवसाय बढ्छ ।

कोरोनाको कारणले चेतना बढ्दैमा संक्रमण पछि ह्वातै जीवन बीमा कम्पनीको व्यवसाय बढ्छ भन्ने तर्क अव्यवहारीक छ । कोरोनाको कारणले मानिसमा बीमा गर्नुपर्छ भन्ने चेतना अवश्य वृद्धि हुन्छ । त्यो चेतनाले मात्र व्यवसाय वृद्धि भने हुँदैन । तर लकडाउन खुलेपछि पुरानो गतिलाई भने केही समयपछि भेटाउँछ ।

नेपालको बीमा क्षेत्रले डिजिटल प्रविधिमा फड्को मार्न अझै धेरै समय लाग्छ । त्यसका लागि बीमा कम्पनीहरुले धेरै गृहकार्य र नियामक निकायले धेरै नीति नियमनहरु परिमार्जन गर्नुपर्छ । जबसम्म सम्पुर्ण नेपालीहरुको पहुँचमा इन्टरनेट तथा त्योसँग सम्बन्धीत प्रविधिको पहुँच पुग्दैन तबसम्म बीमा क्षेत्र पुर्णरुपमा प्रविधिमैत्री व्यवसाय गर्न सक्दैन । तबसम्म बीमा क्षेत्रको मुख्य व्यवसाय वृद्धिको माध्यम भनेको एजेन्ट नै हुन् । अहिलेको अवस्थामा डिजिटल माध्यमबाट नयाँ व्यवसाय गर्छु भन्न असंभव छ । आगामी केही वर्षसम्म अभिकर्ताहरु प्रत्यक्ष व्यक्तिको सम्पर्कमा आएर नै बीमा व्यवसाय अघिबढ्छ ।

अहिले बैंकिङ प्रणालीमा डिजिटल प्रविधिको केही विकास भएर सर्वसाधारणले त्यसप्रति केही चासो र प्रयोग बढाएका छन् । यहाँसम्म आइपुग्नको लागि बैंकिङ क्षेत्रले धेरै अभ्यास तथा समय खर्च गरेको छ ।

अब बिस्तारै सोही कुरालाई बीमा व्यवसायहरुले पनि पछ्याउँदै जान्छन् । त्यसपछि भने बीमा क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढ्छ । तर त्यसको लागि अझै धेरै समय लाग्छ । (कुराकानीमा आधारित)


पुष्प दुलाल