प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएन: पूर्व अर्थमन्त्री पाण्डे

105
Shares

काठमाडौं । पूर्वअर्थ मन्त्री सुरेन्द्र पाण्डेले राष्ट्रिय योजना आयोगको भूमिका खुम्चिएकोमा चिन्ता व्यक्त गरेका छन् ।

अर्थ समितिले आयोजना गरेको छलफलमा उनले यस्तो चिन्ता गरेका हुन । उनले भने ‘यहाँ मन्त्रालयहरु जंगी भएका छन् । मन्त्रीहरुले लाइन मिनिस्ट्री बजेटरी सिस्टममा आफैले योजना हाल्ने गरेका छन्, मन्त्री देशको हुनुपर्नेमा निर्वाचन क्षेत्रका जस्ता भए, योजना आयोग त्यसैको समर्थन गर्ने संस्था जस्तो भयो, पहिला रातो किताब छाप्ने गरेको थियो । अहिले त्यो पनि छैन । आयोगको काम चिन्ता गर्ने बस्ने मात्रै भएको छ ।’

आयोगले चिन्ता धेरै गरेको भन्दै चिन्ताका साथै सरकारलाई झकझक्याउने तर्फ लाग्न आग्रह उनले गरेका छन् ।

छलफलमा आयोगको कामको प्रगतिको टे«नको पनि आंकलन गर्न आग्रह गरेका छन् । कृषिमा ८ अर्बको प्रोजेक्टमा मिलिजुली फर्म दर्ता गरेर अनुदान लिने क्रम भएको भन्दै यस्ता प्रोजेक्टले गेम चेन्जर गर्न नसक्ने बताए ।

यस्तो रकमको दुरुपयोग भएको भन्दै यस्ता क्षेत्रमा धेरै लगानी गर्न नहुने सुझाव समेत दिए । ५ अर्ब रुपैयाँ प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको भएपनि त्यो पनि प्रभावकारी नभएको बताए । यस्ता बजेटले कृषिमा गेम चेन्जर हुन नसक्ने र अन्तिम समयमा प्रगति हुन नसकेर गेमचेन्जर हुनुपर्नेमा स्वयम चेन्जर हुने सम्भावना रहेको बताए ।

मनाङको १ विद्यालयमा १ देखि १२ कक्षासम्म पढाइ हुनेमा विद्यार्थी १ जना रहेको र त्यही विद्यालयलाई यो वर्ष योजना आयोगले विशेष र समपुरक अनुदानको नाममा १ करोड ७५ लाख दिएको बताए ।

उनले प्रश्न गरे ‘हाम्रो योजना यस्तो छ जहाँ विद्यार्थी छैन त्यहाँ पैसा पठाउँछौं । अनी २० जना शिक्षक १ जना विद्यार्थी भएको ठाँउमा के रिप्लानिङ गर्नु भएको छ ?’ यस्तो विषयमा रि प्लानिङ गर्न आवश्यक भएको बताए । प्रतिफल नहुने ठाँउमा लगानी गर्नु भन्दा नयाँ शैलीबाट सोच्नुको विकल्प नभएको बताए ।