बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका शाखा शुक्रबारदेखि खुल्ने



काठमाडौं । सरकारले खुकुलो बनाएको लकडाउनसँगै बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीका शाखा कार्यालयहरु शुक्रबारदेखि खुल्ने भएका छन् ।

बिहीबार सार्वजनिक बिदा भएको कारण बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीका शाखा कार्यालयहरु बन्द हुन्छन् । शुक्रबारदेखि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका शाखा कार्यालय खुल्ने व्यवस्था मिलाइएको छ । तर,एकतिहाई कर्मचारीले मात्र शाखा कार्यालय खोल्नुपर्छ ।

यसको लागि कोभिड १९ नियन्त्रणका लागि गठन गरिएको केन्द्रीय समन्वयन समिति र प्रदेश तथा स्थानीय तहबाट अनुमति लिनुपर्छ । यदी संक्रमण बढी देखिएका स्थानीय तहले शाखा खोल्ने अनुमति दिने छैनन् ।

अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले केन्द्रीय कार्यालय बाहेक शाखा कार्यालय साताको एकदिन खोल्दै आएका थिए । बीमा कम्पनीको हकमा भने सुरुका केहीदिन पास नै नपाएको कारण सबै सेवा बन्द नै जस्तो थियो ।

पछिल्लो समय पास लिएर तथा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले पत्र र परिचयपत्रको आधारमा कर्मचारी कार्यालय गएका थिए । सरकारको निर्णयले शाखाहरु खोल्न दिने भन्ने रहेको हुँदा शुक्रबारदेखि शाखा कार्यालय संचालनमा आउने छन् ।


क्लिकमान्डु